E-paper

ब्रिसबेनको गोर्खालाई जी फाइभ माछापुच्छ्रे कपको उपाधि

  •   बाट प्रकाशित
  •  

सिड्नी । जी फाइभ माछापुच्छे कप फुटबलको फाइनलमा ब्रिसबेनको गोर्खा क्लबले बाजी मारेको छ । फाइनलमा सिडनीको फेवा एफसीलाइ टाइब्रेकरमा हराउँंदै गोर्खाले पहिलो सहभािगतामै उपाधि ब्रिसबेन लान सफल भएको हो ।
निर्धाीरत समय र अतिरिक्त समयमा पनि दुबै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा फेवाका खेलाडीहरुको फीतलो पेनाल्टी प्रहारलाई गोर्खाका गोलरक्षकले निकै फुर्तिलो ढंगले बचाउ गरेपछि उपाधि ब्रिसबेनको पक्षमा गएको थियो ।
फाइनल खेल अपेक्षीत भने हुन सकेन । केहि राम्रा टोलीहरु सेमिफाइनलमै अभागी साबित हुँंदै बाहिरिएपछि फाइनल सोचेअनुरुप रोचक बन्न सकेन । मेलवर्नवाट आएको यति एफसीले क्वार्टरफाइनलमा केहि राम्रा मौका गुमाउँंदा माथि जाने अवसर गुमाएका थिए । असनल ओझा र सुलभ मास्केजस्ता राम्रा फरवार्डका सथ उत्रेको यती एफसीको रक्षापंक्ती र गोलरक्षकको कमजोरी हारको कारक बन्यो ।
तेस्रो स्थानमा चित्त बुझाएको सेन्ट जोर्ज सेमिफाइनलमा गोर्खासँंग हारेको थियो भने आयोजक माछापुच्छेलाई हराउदै फेवाले फाइनलमा स्थान पक्का गरेको थियो ।
फाइनल खेलको पहिलो हाफ निराशाजनक रहयो । मैदानमो बिच भागमा रुमल्लीएको खेल दोस्रो हाफमा भने केहि गति लिएको थियो । दोस्रो हाफमा ब्रिसबेनको गार्खाले केहि राम्रा मौका प्राप्त गरेपनि गोल गर्न सकेन । प्रतिउत्तरमा फेवाको आक्रमण फीतलो देखियो ।
प्रतियोगिताका विजेता खेलाडीलाई अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा ,एनआरएन अस्ट्रेलियाका अध्यक्ष टोनु गोथानेले पदक तथा प्रमाणपत्र बितरण गरे । प्रमुख अतिथी शेर्पाले अस्ट्रेलियामा पनि खेलकुदको माध्यमवाट नेपालीबिचको एकता र भाइचारा बढोत्तरी भएकोमा खुसी ब्यक्त गरिन ।
यता मेलवर्नवाट फुटबल हेर्न सिडनी आइपुगेका एनआरएनका अध्यक्ष टोनुले खेलकुदले आपसी एकता र भाइचारासँंगै मुलुकको नाम समेत अगाडि बढाउने काम गरेको बताए । कार्यक्रममा क्लबका अध्यक्ष बिजेन बटाजुले प्रायोजक जी फाइभ , सहयोगी र अतिथीहरुलाई क्लबको मायाको चिनो प्रदान गरेका थिए । प्रायोजक जी फाइभकोतर्फवाट राम श्रेष्ठ, राजमान थकाली र क्रृतु केसीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । सम्माप्रतियोगिताको प्रथम स्थान हात पार्ने गोर्खाले नगद तिन हजार डलर सहित ट्रफी हात पारेको छ भने दोस्रो हुने फेवाले एक हजार र तेस्रो हुने सेन्ट जोर्जले पाँंंच सय नगद प्राप्त गरेको छ । यस्तै भेट्रानतर्फको खेलमा आयोजक माछापुच्छेले लगातार दोस्रो बर्षपनि उपाधि हात पारेको छ ।फाइनलमा उसले सेन्ट जोर्ज फ्रेन्ड्स फुटबल क्लबलाई हराएको थियो ।

Banner Top
Banner Top