गैरआवासीय नेपाली संघमा भवन भट्ट विजयी


  • October 18, 2017


गैरआवासीय नेपाली संघमा भवन भट्ट विजयी

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा जापानमा आधारित नेपाली व्यवसायी भवन भट्ट विजयी भएका छन्। सोमबार भएको निर्वाचनको मंगलबार बिहान २ बजे आएको परिणामअनुसार भट्टले १ हजार १९७ मत ल्याउँदै विजयी भएका हुन् । अष्ट्रेलिया आधारित अध्यक्ष प्रत्यासी जमुना गुरुङ ५८४ मत ल्याएर पराजित भइन्।
उपाध्यक्षमा जर्मन आधारित व्यवसायी कुमार पन्त लोकप्रिय मतसहित विजयी भएका छन्। शेष घलेको दोस्रो कार्यकालमा उपाध्यक्ष रहेका पन्त सोही पदमा निरन्तरता दिने भन्दै पुन: उपाध्यक्ष प्रत्यासी बनेका थिए। उनले १ हजार ३० मत पाए। उपाध्यक्षका दुई पदमध्ये अर्को पदमा वेलायत आधारित व्यवसायी कुल आचार्य ६४४ मतसहित विजयी भए। गुरुङ प्यानलका सोनाम लामाले ४३६ एवं चिरिन्जीवि थापाले ३८०, खगेन्द्र जिसीले ३४९, रविना थापाले २६४ मत पाए। महिला उपाध्यक्षमा सपिलाराज राजभण्डारी विजयी भएकी छिन्। उनले १ हजार ५४ मत प्राप्त गरिन्। उनकी निकटम प्रतिद्वन्द्वी रन्जु थापाले ६३५ मत पाइन्। भट्ट र गुरुङ आ—आफ्ना प्यानलै खडा गरेर प्रतिस्पर्धामा थिए। अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, एक सचिव, कोषाध्यक्षसहित सबै मुख्य पदहरुमा भट्ट समूह विजयी भएको छ। उपाध्यक्षमा विजयी तीनै जना भट्ट प्यानलका हुन् । अध्यक्षसहित सबै मुख्य पदहरुमा भट्ट समूह विजयी भएको छ।nrn_bhatta_won
महासचिवमा रसियाका डा.बद्री केसी ७६७ मत ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी यमकुमार गुरुङले ५३८ मत पाए। महासचिवका अर्का प्रत्यासी अर्जुनकुमार श्रेष्ठले ३६४ मत ल्याएर पराजित भए। दुई सचिवका लागि भएको निर्वाचनमा डम्बर बहादुर क्षेत्री ६०६ र जानकी गुरुड ६५५ मत ल्याएर विजयी भएका छन्।

कोषाध्यक्ष पदमा हिक्मत बहादुर थापाले १०३८ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्विन्द्वी मुछेत्र गुरुडले ६५३ मत पाए। सहकोषध्यक्षमा सोम सापकोटाले एक हजार २४ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी चक्रबहादुर थापाले ५ सय २६ मत पाए। त्यसैगरी महिला संयोजकमा रजनी प्रधानले ९ सय २ मत ल्याएर विजयी भएकी छिन भने प्रतिद्वन्द्वी भोमा लिम्बुले ६ सय ७६ मत ल्याएकी छिन्। युवा संयोजकमा सुदन कुमार थापाले ४ सय ९७ मत ल्याएर विजयी भए। सोही पदमा उम्मेदवार बनेका लोक राज शर्माले ३ सय ९ , स्वतन्त्र प्रताप शाहाले ४ सय ९०, र दिपक वलीले २ सय ७९ मत पाए।

त्यसैगरी क्षेत्रीय संयोजकहरुमा अमेरिका क्षेत्रबाट संयोजकमा गौरीराज जोशीले एक सय १८ मत ल्याएर विजयी भएका छन्। उपसंयोजकमा नविन शेरचनले ७५ मत ल्याएर विजयी भएका छन्। अमेरिका क्षेत्रको महिला उपसंयोजकमा संगीता लम्साल सिवाकोटी निर्विरोध निर्वाचित भइन्। युवा संयोजकमा डा. बर्षा मोक्तान पनि निर्विरोध भएकी छिन्।

युरोप क्षेत्रबाट संयोजकमा शिव प्रसाद बरुवालले १ सय ४२ मत ल्याएर विजयी भएका छन्। दुई उपसंयोजक पदमा एकराज गिरीले १ सय ४४ मत र गोविन्द गौतमले २ सय ४ मत ल्याएर विजयी भएका छन्। युरोपबाट महिला उपसंयोजकमा संगीता मरहठ्ठाले ३ सय ११ मत ल्यायी विजयी भइन्। यूवा संयोजकमा जयकृष्ण ठाकुर निर्विरोध निर्वाचीत भएका छन्।

ओसियानाबाट संयोजकमा धर्मराज अधिकारीले ८४ मत ल्यायी विजयी भएका छन भने उपसंयोजकमा ईश्वर कुइँकेल र लोकनाथ पौडेलले ८१ ,८१ मत पाएका कारण गोलाप्रथाबाट इश्वर कुईकेल विजयी भएका छन् । महिला उपसंयोजकमा प्रीति शर्माले ९८ मत ल्याई विजयी भइन्। ओसिनीयाबाट युवा संयोजकमा ऋषिराम आचार्यले १ सय ४ मत ल्यायी विजयी भएका छन्।

एसिया प्यासिफिकबाट संयोजकमा किरण विक्रम थापा एक सय २९ मत ल्यायी विजयी भएका छन्। २ पदका लागि भएको उपसंयोजकमा विनाद कुँवरले एक सय ४५ र पारशमणि शर्माले एक सय ५३ मत ल्याएर विजयी भएका छन्। एसिया प्यासिफिकबाट महिला उपसंयोजकमा जुनुमाया गुरुड र निर्विरोध भएकी छिन भने युवा संयोजकमा कुनै उम्मेदवारी परेन।

अफ्रिकाबाट संयोजकमा सुनिल कार्की निविरोध भएका छन भने २ उपसंयोजक पदका लागि डा.भुवन ढकाल र शिव शर्मा पौंडेल निर्वाचित भएका छन्। महिला संयोजकमा मनकला विष्ट थापा र युवा संयोजकमा बाबुराम लुइँटेल निर्विरोध निर्वाचित भएका छन्।

मिडिल ईष्टबाट क्षेत्रिय संयोजकमा राजेन्द्र शर्माले २ सय ६९ मत ल्याएर विजयी भएका छन्। उपसंयोजकमा गोपाल कँडेल र हंसराज ढकाल निविरोध निर्वाचित भए। महिला उपसंयोजकमा यासयीन बेगम निर्विरोध निर्वार्चित भएका छन् भने युवा उपसंयोजकमा राजकुमार बस्नेत निर्विरोध निर्वाचित भएका हुन्। नवनिर्वाचित पदाधिकारीहरुलाई मंगलबार कार्यक्रमकाबीच पदतथा सपथ ग्रहण गराइएको थियो ।


NEPAL NEWS Team
377 views

सम्बन्धित समाचारहरु