E-paper

युनाइटेड एफसीलाई एम्बसेडर कप

  •   बाट प्रकाशित
  •  

सिड्नी । डाँंफे फुटबल क्लबको आयोजनामा सन्चालित एस अस्ट्रेलिया डाँंफे एम्बसडेर कप फुटबल प्रतियोगिताको उपाधि मेलवर्नको युनाइटेड फुटबल क्लब (युएफसी) क्लबले जितेको छ । अस्ट्रेलियामा सर्वाीधक धनराशीको प्रतियोगिताका रुपमा रहेको एमबसेडर कपको फाइनलमा आयोजक डाँंफे एफसीलाई २(०ले हराउदै युएफसीले उपाधि हात पारेको हो । करिब दश घन्टाको लामो यात्रापछि मेलवर्नवाट सिडनी आइपुगेको युएफसीले दुइ दिने प्रतियोगितामा आफ्नो बलियो शाख जमाउँंदै उपाधि माथि कब्जा गरेको हो । सर्वाधिक धनराशीको पुरस्कार रहेको यस प्रतियोगिताको विजेताले पाँंच हजार डलर ट्रफी तथा पदक हात पारेको छ । फाइनलमा युनाइटेडकोतफएवाट निरोज पाण्डेले पहिलो गोल गरेका थिए भने साजन थापामगरले दोस्रो गोल गरेका थिए । साजननै फाइनलका म्यान अफ दी म्याच समेत घोषित भए । उनले तिन सय डलर समेत हात पारे ।
सेभेन ए साइडको लागि केहि ठुलो मािनएको एलभेन ए साइडको मैदानमा सम्पन्न फाइनल खेलमा युनाइटेडले आयोजक डाँंफे माथी एकोहोरो दबाब सृजना गरेको थियो । उनिहरुले गोल गर्ने करिब आधा दर्जन राम्रा मौका समेत चुकाएका थिए । डाँंफेका गोलरक्षक समिर खानले केहि उत्कृष्ट बचाव गरेपछि गोल अन्तर कम भएको थियो । सुरज श्रेष्ठ,एकजन तुलाधर लगायतका खेलाडीको खेल हेर्न लायक देखिन्थ्यो । प्रतियोगिताको अन्य उपाधिहरुमा डाँंफेका अंकित रानामगरले प्रतियोगिताको उत्कृष्ट खेलाडी ,समिर खानले उत्कृष्ट गोलरक्षक र बेनी एफसीका बिकास गौचनले सर्वाधिक गोलकर्ताको उपाधि हात पारे । सबैलाई नगद पुरस्कार र ट्रफीवाट सम्मानित गरिएको थियो । प्रतियोगितामा दोस्रो स्थान हात पारेको डाँंफे ब्लुले भने दुइ हजार डलर हात पारयो ।
विजेताहरुलाई प्रायोजकका तर्फवाट एस अस्ट्रेलियाका निर्देशकद्धय अभिषेक प्रधान , दिपक अग्रवाल, इनोभेटिभका डीला खरेलले लगायतले ट्रफी तथा प्रमाणपत्र बितरण गरेका थिए ।
आयोजक क्लबका तेजमान तामाङले आगामी बर्षहरुमा अझ थप आकर्षक रुपमा प्रतियोगितालाई निरन्तरता दिने बताए ।उनले प्रतियोगिता आयोजनामा सहयोग गर्ने सबै सहयोगी,प्रायोजकहरुलाई धन्यबाद दिए ।

Banner Top
Banner Top