Thursday, March 28, 2024

नेप्लीज रिक्रियसनल क्लबको अवार्ड वितरण सम्पन्न (फोटो फिचर सहित)


  • September 12, 2017


नेप्लीज रिक्रियसनल क्लबको अवार्ड वितरण सम्पन्न (फोटो फिचर सहित)

दिपेश श्रेष्ठ
सिड्नी । नेप्लीज रिक्रियसनल क्लबले आयोजना गरेको एनआरसी मल्टीकल्चरल स्पोट्र्स टुनामेन्ट २०१७ मा विजयी खेलाडीहरुलाई सिड्नीमा एक अवार्ड नाइटको आयोजना गरी पुरस्कार वितरण सम्पन्न गरेको छ । सेप्टेम्बर १० तारिख आइतवार अबनस्थित ग्य्राण्ड प्यालेसमा आयोजित कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले विजयी खेलाडी तथा स्पोन्सरहरुलाई पुरस्कार तथा ट्रफी प्रदान गरिन् ।
कार्यक्रममा राजदूत शेर्पाले प्रवासमा रहेका नेपाली समुदायलाई खेलकुदको माध्यमबाट एकताको सुत्रमा बाध्न एनआरसी सफल भएकोमा धन्यवाद दिइन् । व्यस्त जीवनमा खेल अनिवार्य जस्तै भएको बताउँदै राजदूत शेर्पाले मानिसलाई स्वाथ्य बनाउने माध्यम समेत भएकाले सबैलाई यतातर्फ आर्कषित हुन प्ररित गरिन् । साथै आगामी दिनमा दूतावासले खेलकुदका क्षेत्रमा एनआरसीसँग सहकार्य गर्दै अगाडि बढ्ने बताइन् ।
क्लबका अध्यक्ष बिष्णु हमालले प्रवासमा छरिएर रहेका नेपालीहरु तराई हिमाल तराई पहाड जहाँबाट आएपनि पहिला नेपाली रहेको बताए । राजनीति भन्दा टाढा रहेर सबै नेपालीहरुलाई एकता हुनुपर्नेमा जोड दिए । उनले भने– प्रवासमा बसेर नेपालका नेताहरुलाई गाली गर्दैमा देश बिकास हुदैंन । हमालले खेलकुदको माध्यमबाट हातेमालो गर्दै एनआरसी भविष्यमा अगाडि बढ्ने बताए । क्लबलाई सबै राज्यका साथीहरुले माया गर्नु भएकोमा धन्यवाद दिदैं अगामी दिनमा अझ बृहत रुपमा विभिन्न स्टेटहरुमा क्लबले आफ्नो गतिविधिहरु बढाउने बताए ।
कार्यक्रममा क्लबले नेपालमा हालै गएको बाढी पहिरो पिडितहरुका लागि एक हजार ६ सय २५ अस्ट्रेलियन डलर एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङ तथा सचिव देव गुरुङलाई हस्तान्तरण गरेको थियो । कार्यक्रममा पूर्व अध्यक्ष तथा एनआरसीका सल्लाहकार जबिन श्रेष्ठले अगामी दिनमा एनआरसीका खेल गतिविधीहरुको वारेमा जानकारी गराए ।
अवार्ड कार्यक्रममा नेपाली नृत्यका साथै गीतसंगीतले थप रोचक बनाएको थियो । कार्यक्रममा कोमल खतिवडा, अशोक रावत, प्रताप श्रेष्ठले आ–आफ्ना सांगितिक कोशेलीहरु पस्केका थिए । भने उषा वाँरिया, मेलिका कार्की, दिपा भट्टराई, सारा पाण्डे लगायतले आ–आफ्नो कुशल नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली समुदायका अग्रज, समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतियोगितमा व्याडमिन्टन डबल ओभर ४५ तर्फ शम्शेर सिंह थापा र संञ्जय श्रेष्ठ, ओभर ४५ सिंगल तर्फ विष्णु हमाल र सुवर्ण शर्मा, मिक्स डबल तर्फ अन्जना सिंह श्रेष्ठ र हिमाल कुवँर, ओपन डबल तर्फ सन्दिप खनाल, निश्चल खत्री, ओपन सिंगल तर्फ हिमाल कुवँर विजयी भएका थिए ।
त्यस्तै टेबल टेनिस तर्फ मेन्स सिंगल अण्डर ४५ मा निहल श्रेष्ठ, मेन्स सिंगल ओभर ४५ मा कुलदिप प्रधान, मेन्स डबल तर्फ निहल श्रेष्ठ र दिपेश नेपाल विजयी बने । टेनिस तर्फको खेलमा ओभर ४० सिंगल तर्फ विष्णु हमाल, अण्डर ४० मा मृग्रेस तामाङ, ओपन डबल तर्फ विष्णु लिम्बु र सचिन श्रेष्ठ, ओपन विगिनर्समा सोभित खनाल तथा गल्फ तर्फ ज्ञानदाता पोखरेल विजयी भएका थिए । ओसिनिया एजुकेसन सोलुसन्स् टाइटल स्पोन्सर रहेकोे उक्त प्रतियोगिता १६ जुलाईमा ब्याडमिन्टन, २२ जुलाईमा टेबलटेनिस २९ जुलाईमा टेनिस र ३० जुलाईमा गल्फ सम्पन्न भएको थियो ।

21557656_1791723444190065_2178392102415423500_n 21557892_1791721294190280_5732360747301347609_n 21616133_1791726937523049_3240998665711792596_n 21558604_1791723810856695_2573167973817892395_n 21616193_1791722794190130_4967156982011097749_n 21616397_1791726814189728_6416438090734112059_n 21617940_1791725810856495_6563103194331100648_n 21687776_1791724007523342_4696714840289861700_n 21587179_1791785994183810_1926374934918271725_o 21617960_1791722350856841_7734452436599277012_n 21616029_1791726617523081_1853713890590229545_n21557473_1791722480856828_8173427266094045672_n21687730_1791721190856957_3234628836740055061_n21686113_1791721570856919_5305690171017900644_n


NEPAL NEWS Team
363 views

सम्बन्धित समाचारहरु