E-paper

सर्बाधिक धनराशीको एस स्टीज डाँफे एम्बेसडर कप सेप्टेम्बर २३ र २४ तारिखमा हुने

  •   बाट प्रकाशित
  •  

सिड्नी । डाँफे फुटबल क्लबले आउँदाे महिना एस स्टडी अस्ट्रेलिया डाँफे एम्बसडेर कप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
मुलुकभन्दा बाहिर नेपाली समाजको बलियो उपस्थीती रहेको अस्ट्रेलियामा एक दशक देखि फुटबल प्रतियोगिता आयोजना भैरहेका छन । पछिल्ला बर्षहरुमा फुटबल प्रतियोगिताको बाढिनै आइरहेको बेला डाँफेले भने सेप्टेम्बर २३ र २४ तारिख सर्वाधिक धनराशीको एम्बेसडर कपको आयोजना गर्न लागेको हो । प्रतियोगिताको पहिलो स्थान प्राप्त गर्ने टोलीले पाँच हजार अस्ट्रेलियन डलर र दोस्रो हुने टिमले दुइ हजार डलरसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस बाहेक पनि प्रतियोगिताको म्यान अफ दी सिरीजले चार सय डलर र बेष्ट गोलरक्षकले चार सय डलर तथा फाइनलको म्यान अफ दी म्याचले तिन सय डलर नगद सहित ट्रफी हात पार्ने कुरा डाँफे फुटबल क्लबका ब्यवस्थापक जगदिस खड्काले बताए । २० वटा नेपाली टोलीको सहभागिता रहने प्रतियोगितालाई हार्बर कलेज अस्ट्रेलियाकोतर्फवाट पनि सहयोग हुने छ ।
त्यस बाहेक पनि अन्य पुरस्कारको लागि बिभिन्न प्रायोजकसँंग कुराकानि अगाडि बढिरहेको खड्काले बताए । प्रतियोगितामा मेलवर्नको दुइ ,थ्रीस्टार अल्बुरीको एक टोलीको सहभािगता रहने छ ।Screen Shot 2017-08-31 at 8.00.25 am
बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रायोजकका तर्फवाट एस अस्ट्रेलियाका निर्देशक अभिषेक प्रधानले आफु सानैदेखि फुटबलको प्रशंसक रहेको कारण आफ्नो लगावलाई खेलाडीका रुपमा अगाडि बढाउन नसकेपनि प्रतियोगिता मार्फत सहयोगको हात बढाएको बताए । उनले सहयोग र सामाजिक सदभाव नै एस अस्ट्रेलियाको लक्ष्य रहेको सुनाए ।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले सिडनीमा फुटबलको क्रेज बढदैजाँंदा यसको स्तर र आयोजनामा ध्यान पुरयाउनु पर्ने बेला आएको बताए । उनले एनआरएनले सबैको सहयोग पाए आगामी बर्ष नेपाली फुटबल वा क्रिकेट टोलीलाई अस्ट्रेलियामा बोलाएर मैत्रिपुर्ण खेल खेलाउने लक्ष्य बोकेको सुनाए ।
पत्रकार सम्मेलनमा बोल्दै पुरना फुटबलर तथा प्राध्यापक राजु मानान्धरले नेपाल बाहिर ब्यवस्थीत र स्तरिय फुटबलको नमुनाका रुपमा अस्ट्रेलिया रहेको जिकिर गरे । सामाजिक सदभाव र आपसी एकताका अनि स्वस्थ जिवनको महत्वपुर्ण अंगका रुपमा खेलकुद रहेको मानन्धरले बताए ।
कार्यक्रममा एस स्टडीका अकाृ निर्देशक दिपक अग्रवालले युवा पीढीलाई एकाकार गर्ने क्रममा आफ्नो संस्थाले फुटबल मार्फत सम्वोधन गर्न खोजेको बताए । अग्रवालले भने,ब्यवशाय गर्दैजाँदा समाजप्रतीको दायित्व पनि बिर्सनु हुदैन । हामीले संगित र अन्य बिषयमा सहयोग गर्दै आएका थियौ यस पटक फुटबलमा हात अगाडि बढाएका छौ । कार्यक्रममा डाँफे क्लबका प्रमुख प्रशिक्षक मिलन थापाले प्रयोजक तथा क्लबहरुलाई स्वागत गर्दै प्रतियोगितालाई सफल बनाउन सहयोगको अपील गरे ।
तेजमान तामाङ अध्यक्ष रहेको डाँफे क्लब सन २०१५मा स्थापना भएको हो । सिडनीको प्रमियिर डिभिजन लिगमा समेत सहभागिता जनाइसकेको यो क्लबले पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।

Banner Top
Banner Top