E-paper

गीत संगीतमा रमाउँदै गायिका प्रश्ना पाण्डे

  •   बाट प्रकाशित
  •  

प्रश्ना सानैेदेखि भजनकी पारखी थिइन् । आफ्ना हजुरबुवा र हजुरआमाका साथ मंदिरमा गएर भजन गाउन उनलाई निकै मन पर्दथ्यो । विस्तारै प्रश्नामा गीत संगीतप्रतिको मोह बढ्दै गयो । पछि उनले कक्षा ९ र १० ज्ञान ज्योति वोडिङ स्कुलमा म्यूजिक सिक्न थालिन् । गीत संगीतको रस प्रश्नाको मनमा गड्दै गयो । अनि उनले काठमाडौंको साधना कला केन्द्रमा करिब २ वर्ष संगीत सिक्न थालिन । उनी भन्छिन्– “मलाई म्युजिक अत्यान्तै मन पर्छ । म्युजिक भनेको सबै पिडा विसाउने औषधी पनि हो” जीवनमा धेरै सिक्न वाकी रहेको बताउदै उनी भन्छिन्– अझै पनि सिक्नमा नै तल्लीन छु । त्यसैले त उनी आजभोली पनि अनुराघ म्युजिक स्कुलमा म्यूजिक सिक्दैछिन् । prasna pandey
उनले आफ्नो पहिलो एल्बम “तिमी र म” बजारमा ल्याएकी थिइन् । जसमा पाँच वटा गीतहरु संग्रहीत छ । उनी आफूलाई पप तथा आधुनिक गायिका भन्न रुचाछिन् । त्यसो त उनले एउटा भजन गीत पनि गाएकी छिन् । भन्छिन्– श्रोता, दर्शकहरुले मायाले नै यस क्षेत्रलाई अगाल्दै अगाडि बढेकी छु । आजसम्म प्रश्नाका झण्डै एक दर्जन भन्दा बढी गीतहरु रेकर्ड भैसकेका छन् । प्रश्न आफ्नो गीतमा आफै मोडलिङ गर्छिन । अबको केही महिनामा उनले अरबी शैलीको बेली गीत बजारमा ल्याउने तरखरमा छिन् । prasna pandey 1
आफ्नो प्रेरणाको श्रोत आफ्नो परिवार भएको उनी बताउँछिन् । भन्छिन्– मलाई मेरो परिवारले सर्पोट नगरेको भए आज यस क्षेत्रमा आउन कठिन हुन्थ्यो होला । सिड्नी आएका वेला प्रश्नाले एउटा गीतको सुटिङ सकेर नेपाल फर्किएकी छिन् । गीत संगीत बाहेक प्रश्ना सामाजिक सेवा गर्न रुचाउछिन् । त्यसैले त उनले करिब ४ वर्ष अगाडि एउटा एनजिओ (एक्सन फर ट्रान्सफरमेसन नेपाल) अर्थात एक्ट नेपाल संचालमा ल्याएकी छिन् । संस्थाको अध्यक्ष समेत आफै रहेकी प्रश्ना बालवालिका तथा महिलाहरुको उत्थानको लागि काम गर्दै आएको बताउँछिन् ।

Banner Top
Banner Top