Thursday, March 28, 2024

भवन भट्ट लाप्राकमा खट्दै


  • January 24, 2017


भवन भट्ट लाप्राकमा खट्दै

गैर आवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष भवन भट्ट गोर्खा लाप्राकमा निर्माणाधिन एनआरएन नमुना वस्तीमा �स्वयंसेवक भएर खटिएका छन् । जापानमा व्यवसाय छाडेर भटट् स्वयंसेवामा खटिएपछि धेरैले उनको कार्यकाे प्रंससा गरेका छन । 16295998_1532899510061408_1370795290_n
भट्टले विश्वका ७५ मुलुकमा रहेका एनसीसी र ४५ लाख एनआरएनको ड्रिम प्रोजेक्टका रुपमा रहेकाे लाप्राक पुननीर्माणमा आफू सहभागी हुन पाउनुलाई ‘गर्व’ का रुपमा लीएका छन् । एनआरएनले ६१२ वटा घरसहित नमुना वस्ती निर्माण शुरु गरिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले केही समय अघि उक्त वस्तीको शिलान्यास गरेका थिए । नमुना वस्तीमा एनआरएनए अध्यक्ष शेष घले आफैं पनि खटिएका छन् । भवनले लाप्राकमा बन्ने एनआरएनकाे याेजना सबै गैरआवासीय नेपालीकाे भएकाेले यसमा सहयाेगका लागी पनी आग्रह गरे । चाडैनै जापान फर्केर आर्थिक अभीयानमा जुट्ने कुरा भवनले सुनाए ।16237186_1532899590061400_550994415_n
यसैबीच, गोरखा जिल्लाको शैक्षिक विकास र प्रवद्र्धनमा सहयोग पुरयाउने उद्देश्यले स्थापना गरिएको बीबी ट्रस्टले सातौं यदु भट्ट विद्या पुरस्कार प्रदान गरेको छ ।


NEPAL NEWS Team
290 views

सम्बन्धित समाचारहरु