E-paper

फैलिदो एनआरएन भित्र खुम्चीदो सदस्यता

  •   बाट प्रकाशित
  •  

भवन भट्ट
मुलुकको भावनासँग जोडिएको मनहरु बिश्वभर फैलिनु स्वभाविक रुपमा नेपालको प्रतिष्ठाको बिषय हो । चाहे त्यो अमेरिका,अस्ट्रेलिया,जापान र जर्मन होस या मलेसिया,कतार र दुबइ हुन सबै हाम्रो र राम्रो मनकालागि जोडिएका छन ।
यो अभियान केहि फरक अनि केहि अलग परिवेशमा दुइ फरक परिवेश र अनुभुतीबिचको समिश्रण हो जस्तो लाग्दछ । एकातिर प्रवासमा छरिएका डाक्टर,इन्जिनियर अनि प्राविधिक जनशक्ती र अर्कोतिर रोजगारीको खोजीमा खाडी र मलेसिया पुग्नुभएका करिब आठ लाख नेपाली दाजुभाइ । कोही पीआर र ग्रिनकार्ड हुन वा मुलुक धान्ने रेमिट्यान्सका मालिक मलेसिया,कतार र दुबइका श्रमीक दाजुभाइ, सबै एनआरएनका परिवार हुन ।
अस्ट्रेलिया र अमेरिकामा बिध्यार्थीहरुको जिवनशैली निकै संघार्षशिल देखेँ । काम,फी र पढाइले उनिहरुलाई थिच्ने गरेको कारण पनि उनिहरु ब्यस्त रहने देखियो । पढाइ सकेर स्थायित्वतर्फ लम्केपछि भने उनिहरुको जिवनशैली हेर्न लायक रहने बिश्वास गरिदो रहेछ । अमेरिका ,अस्ट्रेलिया र युरोप अनि जापान ,कोरियामा रहेका नेपाली दाजुभाइहरुको स्थीती केहि बलियो हुने गरेको मैले पाएको छु ।

यतिखेर गैर आवासिय नेपाली संघ बिश्वको ७२ देशमा फैलिन सफल भैसकेको छ । सानो समयमा प्रवासी नेपालीको एकल साझा संगठनका रुपमा पहिचान बनाएको एनआरएनले मुलुक र भावनासँग जोडिएको अनगिन्ति सवालमा आफुलाई समाहित गरेको छ । पछिल्ला तिन कार्यकालदेखि एनआरएन आइसीसीको पदाधिकारीको हैसियतले रहदै गर्दा यसले कमाएको ख्याती ,मान सम्मान भन्दा पनि यसले अन्त्राष्ट्रिय जगतमा कमाएको प्रतिष्ठा महत्वपुर्ण रही आएको छ ।
मुलुकसँग जोडिएको भावना र मर्दा पर्दा जुरुक्कै उठने एउटा प्रवासी समाजको जत्था मात्र नभइ प्रवासी नेपालीको हक हित र अधिकारको लडाइ लड्ने एउटा सीपाहीका रुपमा पनि आफुलाई उभ्याएको भान गरेको छु । देशलाई पर्दा जुटने र जुटाउने हाम्रो कर्तब्य हो भने प्रवासमा मुलुकको पहिचान कायम गराउने र प्रतिष्ठा अभिबृद्धी गर्ने यसको अर्को महत्वपुर्ण पाटो हो भन्ने म ठान्दछु ।
यसो भन्दै गर्दा चुनाब र यो सँग जोडिएको उमेदबारीका बारेमा मेरो कुनै दाबी बिरोध छैन । मैले भनेको छु र फेरी पनि भन्छु, , केहि पाउन होइन गुमाउनका लागि के को प्रतिस्पर्धा र के को तछाँड मछाँड । साथी भाइले जसलाई उठाउनु हुन्छ र उठ भन्नु हुन्छ उसैले अगाडि बढ्ने हो । यसमा प्रतिस्पर्धा छ जस्तो मलाइ लाग्दैन । तर यतिखेर एउटा जिम्मेबार पदाधिकारीको हैसियतले लामो समय संघमा रहदै गर्दा अबका दिनमा बिश्वको ७१ देशमा फैलिएको एनआरएनलाई गुणात्मक सँगै संख्यात्मक रुपमा पनि अगाडि बढाउनुपर्छ भन्ने मेरो बुझाइ हो ।
हुन त नेपालीहरुको बिदेशीने संस्कार नब्बेको दशकपछि मात्र ह्वात्तै बढेको हो तर पनि यतिखेर अमेरिका र अस्ट्रेलिया जस्ता देशमा पनि लाखौको संख्यामा नेपालीहरुको बलियो उपस्थीती देखिसकेको छ । मलेसिया र खाडी मुलुकमा आठ लाखको संख्यामा नेपाली दाजुभाइ हुनुहुन्छ अनि युरोपमा त्यत्तीकै बलियो संख्यामा नेपाली समुदाय फैलिदो छ । तर यतिहुँदा हुदैपनि एनआरएन भित्र भने संख्यात्मक रुपमा सदस्यहरुको केहि कमजोर उपस्थीती हो की भन्ने भान मलाई परेको छ । संस्था फैलिदै जानु मात्र ठुलो कुरो होइन ,यसमा समेटनु पनि अर्को महत्वपुर्ण पाटो हो । संसारभर छरिएर र फैलिएर रहेका नेपालीहरुलाई एउटै साझा संस्थाभित्र अटाउनु पनि हाम्रो दायित्व हो भन्ने लाग्दछ ।
साच्चीकै प्रवासी नेपालीहरुको बिश्वासको केन्द्र अनि छाता संगठनका रुपमा पहिचान बनाएको एनआरएनले आफ्नो परिबारलाई बिस्तार गर्ने बेला आएको छ । हो ,नेपाल सरकारको उपस्थीती नभएको स्थानमा समेत एनआरएनले राज्यको भुमीकामा आफुलाई उभ्याएको कयैन उदाहरणहरु छन । तरपनि बास्तबिकता बास्तविकता हुन्छ हामी फैलिएका छौ देशमा अनि खुम्चीएका छौ सदस्यतामा ।

Banner Top
Banner Top